spot_img

एकीकृत समाजवादीमा कायम गरिदिन माग गर्दै एमालेका दुई सांसद सर्वोच्चमा

spot_img

काठमाडाैँ, निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै नेकपा एमालेका दुई सांसद सर्वोच्च पुगेका छन्। सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले नेकपा एमालेका दुई सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न पाऊँ भनी सर्वोच्चमा रिट दर्ता गरेको बताए। सर्वोच्चले उनीहरूको रिटमा बिहीबारका लागि पेसी तोकेको छ।

आफूहरूले निर्धारित समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको उनीहरूको रिटमा उल्लेख छ। उनीहरूले आफूहरूमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img