एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ

काठमाडौं,  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् ।एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जनलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति जारी उक्त घटनाको विरोध गरेका छन् । ‘हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजी र एमसीसीलाई लागु गराउन नेपाल आउने अमेरिकी साम्राज्यवादका भरौटेको विरोधमा आयोजित जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

काठमाडौं, काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख...

को बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो। प्रचार...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले...

हैदरावादलाई हराउदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं,  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!