spot_img

डा.गाेविन्द केसीले लगाएकाे आराेपबारे बाेल्याे जगदुल्ला गाउँपालिका,अध्यक्ष भन्छन् “डा.केसीकाे हल्ला निराधार”

spot_img

डाेल्पा,डाेल्पाकाे जगदुल्ला गाउँपालिकाले डा.गाेविन्द केसीकाे आराेपकाे खण्डन गरेकाे छ । डा.केसीले केहि दिन अघि डाेल्पाकाे जगदुल्ला गाउँपालिकाकाे रिमी स्वास्थ्य चाैकीमा पुगेकाे र त्यहाँकाे गाउँपालिकाले कुनै वास्ता नगरेकाे आराेप लगाएका थिए । गाउँपालिकाले कुनै वास्ता नगरेकाे समाचार विभिन्न सञ्चार माध्यममा आएपछि   गाउँपालिकाले उक्त हल्ला निराधार भएकाे दावी गरेकाे छ ।

इमान्दार खवरसँगकाे कुराकानिमा गाउँपालिका अध्यक्ष नारासिँ राेकायाले डा.केसीकाे हल्ला निराधार भएकाे दावी गरे । अध्यक्ष राेकायाले भने डा.केसी गाउँपालिकासँग कुनै समुन्वय नगरेर आउनु भएकाे रहेछ । उहाँसँग मेराे कुनै सपर्क र केसी आउँने खवर पनि मलाइ प्राप्त थिएन।

म उक्त समयमा गाउँपालिकामा थिइन,मैले अरूबाट डा.केसी आएकाे खवर पाए । सम्मानित व्यक्तित्व आएकाेले सरकारले पठाएकाे कि ? गाउँपालिकाले केहि गर्न पर्ने हाे कि ? भनेर  मैले वडा अध्यक्षलाइ बुज्न पठाएकाे थिए । वडा अध्यक्षलाइ डा.केसीले म स्वतन्त्र व्यक्ति हुँ ,स्वास्थ्यसेवा दिन आएकाे बताउँनु भयाे । त्यसपछि वडा अध्यक्ष गाउँपालिकाले केहि सहयाेग गर्न परे खवर पाउँ भनेर फर्किए । त्यसपछि कुनै खवर नआएकाे अध्यक्ष राेकायाकाे दावी छ । उहाँसँग अहिलेसम्म पनि कुनै विषयमा छलफल समेत भएकाे छैन । उनले भने  भएकाे यति हाे तर डा.केसी त्यहाँबाट फर्केपछि विभिन्न सञ्चार माध्यममा आएकाे समाचारले आफु आश्चर्यमा परेकाे गाउँपालिका अध्यक्ष राेकायाकाे दावी छ ।

डा.केसी केही दिनअघि डोल्पाकाे जगदुल्ला गाउँपालिकाको रिमी स्वास्थ्य चौकी पुगेका थिए । ८० जना जति हड्डी सम्वन्धि राेका बिरामीलाइ स्वास्थ्य सेवा दिएकाे उनकाे दावी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img