spot_img

डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनेबारे कांग्रेस निर्वाचन समितिमै खटपट

spot_img

काठमाडाैँ, भदौ २५ मा भएको डडेल्धुराको जिल्ला अधिवेशनलाई लिएर कांग्रेसको निर्वाचन समिति विभाजित बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा धाँधलीपूर्ण तरिकाले निर्वाचन गरिएको भन्दै समितिका सदस्यहरू नै विभाजित बन्न पुगेका हुन् । निर्वाचन समितिका एक सदस्यका अनुसार डडेल्धुरामा फेरि निर्वाचन गराउने या नगर्ने विषयमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समितिमा विवाद देखिएको छ । ‘समितिका आधा सदस्यहरू निर्वाचन गराउनुपर्ने पक्षमा र आधा पुनः निर्वाचनको विपक्षमा बाँडिएको अवस्था छ,’ती सदस्यले भने,‘संयोजकज्यूको धारणा मात्र आइसकेको छैन।‘

बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको संस्थापनइतर पक्षले निर्वाचन समितिलाई भेटेर पुनः निर्वाचन गराउन आग्रह गरेको थियो । छलफलका क्रममा समितिका सदस्यहरूले निर्वाचनबारे के हुने भन्ने स्पष्ट पारेका छैनन् । वडा अधिवेशनको विषयलाई लिएर समितिमा उजुरीसमेत परेको छ । समिति सदस्यहरूले पौडेल पक्षलाई उजुरी हेरेर निर्वाचनबारे जानकारी दिने जवाफ दिएर पठाएका थिए ।

ती सदस्यका अनुसार डडेल्धुराको अधिवेशनबारेको उजुरी छानबिन गर्ने विषयमा नै समिति सदस्यहरू दुई धारमा बाँडिएको छ । डडेल्धुरामा क्रियाशील सदस्यता नै सार्वजनिक नभई निर्वाचन गरिएकामा भन्दै इतरपक्ष असन्तुष्ट बनेको छ । ‘निर्वाचन भइसकेकाले उजुरी छानबिन आवश्यक छैन भन्ने र छानबिन गरेर फेरि निर्वाचन गर्नुपर्छ भन्ने नै स्पष्ट भइसकेको छैन । निर्वाचनको विषयमा छानबिन गर्ने प्रकृतिका उजुरी आएका छन् ।’ वरिष्ठ नेता रामचन्द्र पौडेल भने डडेल्धुरामा धाँधली नै भएको आरोप लगाँउछन् । ‘हामीले ध्यानाकर्षण गराउँदा गराउँदै प्रशासनको दुरुपयोग गरेर निर्वाचन गरियो । हामीले अस्वीकार गर्ने घोषणा गरिसकेका छौँ । निर्वाचन फेरि हुनुपर्छ,’ पौडेलले भने ।

५७ जिल्लामा सकियो, १३ जिल्लाको अनिश्चित
अघिल्लो महाधिवेशन कार्यतालिकाअनुसार हालसम्म विवरण सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । सबै निर्वाचनको परिणाम भने केन्द्रमा आइसकेको छैन । निर्वाचन समितिका अनुसार दुर्गम जिल्लाको परिणाम आइसकेको छैन । डडेल्धुरामा भएको निर्वाचनको विषयमा अन्योलको अवस्था छ ।

त्यसबाहेक क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी ७ जिल्लाको विवरण सार्वजनिक भएको छ । १३ जिल्लाको विषयमा विवाद कायमै छ । नयाँ कार्यतालिकाअनुसार असोज ५ मा यी जिल्लामा एकसाथ निर्वाचन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले समितिले विवरण पाएको तीन दिनमा निर्वाचन सम्भव हुने बताए ।

‘क्रियाशीलको विवरण समितिले पाएको ३ दिनको समय निर्वाचनको तयारीमा लाग्छ । बाँकी जिल्लाहरू सुगममै पर्छन् । निर्वाचन समिति तयारी अवस्थामा छ, ’उनले  भने, ‘सबै जिल्लामा निर्वाचन अधिकृत तोकिसकिएको छ।’ तर, शुक्रबार साँझसम्म पनि समितिले १३ जिल्लाको विवरण पाउन सकेको छैन । काठमाडौंमा भने कार्यतालिका अनुसार ५ असोजमा नै निर्वाचनको तयारी थालिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img