spot_img

काँग्रेसको भावी सभापतिका लागि १० नेता मैदानमा,गगनकाे नाम समेत चर्चामा

spot_img

काठमाडौं,नेपाली काँग्रेसमा भावी सभापतिका लागि करिब एक दर्जन आकांक्षी देखिएका छन् । २२ असारको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशनको मिति परिमार्जन गरी महाधिवेशन आगामी फागुन ७–१० मै गर्ने निर्णय लिएपछि आकांक्षीको दौडधुप सुरु भएको हाे ।

१३ औँ महाधिवेशनमा सभापति देउवासँग पराजय भोगेका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले कार्यकर्तासँगको भेटघाट र सार्वजनिक अभिव्यक्तिमार्फत् फेरि उम्मेदवार बन्ने छनक देखिन्छ । यस्तै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननसिंह केसी, रामरशण महत, शेखर कोइराला र गगन थापाबाट भावी सभापतिको आकांक्षा प्रकट भएको छ । वर्तमान परिदृष्यले काँग्रेसमा स्थापित तीन वटा गुटबाट १० जना नेता सभापतिको आकांक्षी रहेको देखाएको छ । यद्यपि अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरेकाले कसको आकांक्षा कहाँ पुगेर कुन ब्रागेनिङमा टुङ्गिन्छ, पत्तो छैन ।

यस्तै काँग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी हुन सक्ने सन्देश दिएका छन् । साउन १० मा राजधानीमा काँग्रेसका १३ युवा नेता सम्मेलित कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका थिए ।

१३ औँ महाधिवेशनमा सिटौला समूबाट महामन्त्रीको उम्मेदवार भएर पराजित भएका थापाले युवा नेताहरु नेतृत्वमा आउन हिम्मत गर्नुपर्ने बताएका थिए । ‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाको भनाइ थियो । महामन्त्रीको कसरतमा रहेका थापा बलियो टिममा स्पेस पाउने सम्भावना कमजोर देखिएपछि सभापतिमै उम्मेदवारी दिनेगरी आन्तरिक रणनीति बनाइरहेको उनी निटस्थहरु बताउँछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img