हैदरावादलाई हराउदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं,  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।दुबईमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । ओपनर शिखर धवनले ४२ रन बनाए भने पृथ्वी शले ११ रन जोडेर आउट भए । यस्तै कप्तान तथा विकेटकिपर ऋषव पन्तले अविजित ३५ रन जोडे । हैदरावादका खलिल अहमेद र राशिद खानले एक÷एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो । हैदरावादका अब्दुल समादले सर्वाधिक २८ रन बनाउँदा राशिद खानले २२, ऋद्दिमान साह र केन विलियम्सनले १८÷१८ रन बनाए ।

दिल्लीका कागिसो राबडाले तीन विकेट लिए । एनरिच नोर्किया र अक्सर पटेलले दुई÷दुई विकेट लिए ।नौ खेल खेल्दा सातौं जित हात पारेको दिल्ली १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता हैरदवादले आठ खेल खेल्दा यो सातौं हार हो र दुई अंकसहित अंकतालिकामा पुछारमा छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं,  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने...

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

काठमाडौं, आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम...

बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं,  असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी...

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना बेपत्ता

काठमाडौं,  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!