आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झार खण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

भने, बिहानको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं,  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने...

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

काठमाडौं, आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम...

बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं,  असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी...

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना बेपत्ता

काठमाडौं,  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!