को बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो।

प्रचार विभाग प्रमुख खतिवडाले बिहीबार महासचिवको छनोट हुने जानकारी दिए। पार्टीको महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. विजय पौडेल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधरको चर्चा छ। उनीहरुमध्ये भुसालको सम्भावना बलियो रहेको समाजवादी निकट नेताहरु बताउँदै आएका छन्।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई विकसित गर्ने राजनीतिक नीति लिएको छ। पार्टीको केन्द्रीय कमिटीको बुधबारको बैठकले अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित गर्दै जबजलाई नछोडने नीति लिएको हो। पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको प्रतिवेदनमा उल्लेख छ।

समूहगत छलफलपछि सुझावसहित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित भएको खतिवडाले जानकारी दिए। राजनीतिक प्रतिवेदनमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए। उनले तीन महिनाभित्र पार्टीको महाधिवेशन गरिने बताए।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं,  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने...

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

काठमाडौं, आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम...

बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं,  असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी...

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना बेपत्ता

काठमाडौं,  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!