spot_img

एमाले विधान महाधिवेशन ः तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

spot_img

काठमाडौं,नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img