spot_img

थप ३ मृतकमा कोरोना पुष्टि, नेपालमा मृतकको संख्या ६७ पुग्यो

spot_img

वीरगन्ज — पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका ५७ वर्षीय व्यवसायीमा साँझ कोरोना पुष्टि भएको हो ।

यस्तै, गत साउन २० मा घरमै मृत्यु भएका वीरगन्ज महानगरपालिका–११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गत मंगलबार राति आफ्नै निवासमा मृत्यु भएका उनको बुधबार बिहान स्वाब संकलन गरिएको थियो । साउन १७ गते काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा पनि बिहीबार कोरोना पुष्टि भएको छ । उनी दम र मधुमेहकी बिरामी थिइन् । योसँगै बिहीबार साँझसम्म कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img