spot_img

अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रचण्डको आश्वासन

spot_img

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् ।अखिल क्रान्तिकारीका नेताहरुसँग आज बिहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले पञ्चा सिंहलाई संगठनको अध्यक्ष बनाउने र अन्य दाबेदारहरुलाई तत्काल पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी दाबेदार थिए ।पार्टीमा युवाहरुलाई स्थान दिने विधानको व्यवस्था अनुसार अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरुलाई पार्टी केन्द्रमास्थान दिने भनेर प्रचण्डले आश्वासन दिएको एक नेताले बताए ।

‘अध्यक्षले पार्टी स्थायी कमिटीको दुई पटकको बैठकमा यो विषयमा सर्वसम्मत निर्णय भइसकेको छ, तपाईंहरु पार्टीको केन्द्रीय सदस्य भइ नै सक्नुभयो भन्नुभएको छ,’ अखिल क्रान्तिकारीका ती नेताले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img