spot_img

डाेल्पामा जारी प्रतियाेगितामाःभलिवलकाे पुरूष तर्फकाे उपाधि फुलचिङ र महिला तर्फकाे माझफालले जिते,फुटवलकाे फाइन भाेलि

spot_img

डाेल्पा, डाेल्पा सदरमुकाम दुनैमा जारी दुनै भ्याली क्लवकाे ८ अाैँ वार्षीक उत्सवकाे अवसरमा मुख्यमन्त्री कप छनाेटका लागि जिल्ला स्तरिय खेलाडी छनाेट प्रतियाेगितामा पुरूष तर्फकाे भलिवलकाे उपाधि त्रिपुरासुन्दरीकाे फुलचिङ टाेलि र महिला तर्फकाे उपाधि माझफालले जितेका छन् । फुलचिङले मुड्केचुलालाइ हराएर उपाधि चुम्न सफल भएकाे हाे भने महिला तर्फकाे उपाधि भने जगदुल्लालाइ हराएर माझफालले उपाधि जितेकाे हाे । फुटवलकाे फाइनल खेल भाेलि दिउसाे १२ बजेबाट शुरू दुनै भ्याली क्लवका अध्यक्ष टेकवहादुर केसीले जानकारी दिनुभयाे । फाइनल खेल जाजरकाेट र तिब्ला B टाेलि विच हुने छ ।

प्रतियाेगिता अन्तिम समय अाइपुग्दा प्रतियाेगिताकाे  राैँनक झन् बढेकाे छ । सयाैँ दर्शकहरूकाे उपस्थितिमा भब्यरूपमा प्रतियाेगिता चलिरहेकाे छ । जिल्ला खेल्कुद विकास समिति र दुनै भ्याली क्लवकाे संयुक्त रूपमा अायाेजना गरेकाे फुटवल प्रतियाेगिता अाइतबारबाट जिल्ला सदरमुकाम दुनैमा शुरू भएकाे थियाे । प्रतियाेगितामा १७ फुटवल टिम, भलिवलमा १२ पुरूष र ५ महिला टाेलिकाे सहभागिता रहेकाे छ । टाेलिमा जिल्लाका हरेक क्षेत्रबाट भाग लिएका छन् । गत असाेज १० गतेदेखि शुरू भएकाे प्रतियाेगिता १० दिन सम्म चलेर मंगलबार सकिने बताइएकाे छ । प्रतियाेगिताकाे मिडीया पाट्नर भने इमान्दार खवर रहेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img