spot_img

ईपीएल ः काठमाडौंलाई भैरहवा दियो १८९ रनको लक्ष्य

spot_img

काठमाडौं, बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत एलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ ।टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा८ विकेट गुमाएर १८८ रन बनाएको हो ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले २० बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । छिटो अर्धशतक नजिक पुगेका बला शरद लामो सट खेल्ने चक्करमा अन्तिम ओभरमा सन्दीपको बलमा अमर राउटेलबाट क्याचआउट भए ।शरदले पाँचौ विकेटका लागि कुशल मल्लसंग ६१ रनको साझेदारी गरे । यस्तै प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । आरिफ शेखले १५ रन जोडे ।

सन्दीप लामिछानेले बलिङ गरेको अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ३ रन जोडेको थियो ।काठमाडौंका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र अशन प्रिएनजनले २ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img