रुपन्देहीः रुपन्देहीमा भएको झडप घटनामा चार जनाको प्रहरी मृत्युबाट मृत्यु भएको छ भने ५० जना प्रहरी घाइते भएका छन् । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्ने सुकुम्बासी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा मोतीपुर रणमैदान बनेको हो । गृह मन्त्रालयका अनुसार प्रहरीमाथि आक्रमण भएपछि प्रहरी गोली चलाउन बाध्य भएको थियो । प्रहरीमाथि एसिड तथा पेट्रोल बम्ब प्रहार भएको बताइएको छ । नेपाल प्रहरीका ३० तथा सशस्त्र प्रहरीका १९ जना घाइते भएका छन् ।
रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना घाइते कर्मचारी घाइते भएका छन् । झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएपछि तनाव सुरु भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीका अनुसार बाध्यता नै परेर प्रहरीले गोली चलाएको हो ।