spot_img

७ सय ८५ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

spot_img

काठमाडौं,१२ हजार १ सय ९५ नमूना परीक्षणमा ७ सय ८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार २३३ नमूनाको पीसीआर र ४ हजार ९६२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६६३ र एन्टिजेन विधिबाट १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २४६ पुगेको हो। मन्त्रालयका अनुसार शनिबार थप ८ सय ८८ जना कोरोनामुक्त भएका छन्।कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३१४ जनाको भेन्टिलेटरमा र १११ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १२७५३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img