spot_img

प्रचण्डको आग्रह, ‘चाडपर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्नू’

spot_img

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गरेका छन। अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सवै प्रकारका मापदण्ड पालना गरी चाडपर्व मनाउन आग्रह गरेका हुन ।

दशै, तिहार,नेपाल संवत,छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमणका कारण अझै पनि सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै यस्तो आग्रह गरेका हुन ।

अध्यक्ष प्रचण्डले मंगलबार विज्ञप्ति निकाल्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा विभिन्न चाडपर्वको शुभकामना दिएका हुन । आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको विज्ञप्तिमा उल्लयेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img