spot_img

कर्णाली राजमार्ग कसरी बन्दैछ मुत्युमार्गः ३ वर्षमा ६ सय भन्दा बढिकाे ज्यान गयाे ।

spot_img

मंगलबार कर्णालीमा अर्को एक अकल्पनीय घटना घट्यो । जसले दसैँको यो पर्वलाई स्तब्ध बनाएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा प–यो । उक्त, दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाए ।

प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरे पनि यो घटनाको विस्तृत रिपोर्ट भने आउन बाँकी छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार रहेका थिए । माथिका यी घटनाले कर्णालीको सडक दुर्घटनाको वास्तविक चित्रलाई प्रस्तुत गरिदिएका छन् । कर्णालीमा हुने सडक दुर्घटनाका बारेमा थुप्रै गीत बने, कथा लेखिए । तर, अवस्था उस्तै छ । सडक दुर्घटनाबाट प्रदेशमा वर्षेनी सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । पहाडी भू–भाग, साँघुरा र कच्ची सडकका कारण वर्षेनी कर्णालीवासीले आफ्नो जीवनको यात्रा समाप्त पारिरहेका छन् ।

सामान्यतया सडकयात्रा सहज र छिटो गन्तव्यमा पुग्नका लागि गर्ने गरिन्छ । तर, कर्णालीको अवस्था ठीक उल्टो छ । कसैले यात्रा गर्नुपर्ने परे ‘मन दह्रो’ बनाएर यात्रा गर्नुपर्ने हुन्छ । त्यसैले कर्णालीका राजमार्ग ‘मृत्युमार्ग’ का नामले चिनिन्छन् । विगतका केही तथ्याङ्कलाई हर्ने हो भने २०७१ पहिला कर्णाली राजमार्गमा मात्र १५९ वटा दुर्घटना भएका छन् जसमा २०९ जनाको ज्यान गएको छ ।

तीन वर्षमा ६ सय बढीको सवारी दुर्घटनामा मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क हेर्दा तीन आर्थिक वर्षमा मात्र सवारी दुर्घटनामा परी कर्णालीका ५ सय ९१ जनाले ( मुगु घटनाबाहेक) ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७६÷७७ मा २३३, ०७७÷७८ मा २९१ र चालु आर्थिक वर्षको हालसम्म ६४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । यी अधिकांश घटनाहरू धेरै जसो कर्णाली राजमार्ग लगायत यसका सहायक मार्गहरूमा हुने गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ पहाडी जिल्लामा सडक दुर्घटनामा धेरैको ज्यान जानु समयमा उपचार नपाउनु, समयमा उद्धार नहुनु जस्ता समस्या बताउँछन् ।

विगत तीन वर्षको सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या यस्तो छ

​

स्रोत ः प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश

नोट ः उल्लेखित तथ्याङ्कमा मुगुमा घटेको दुर्घटनालाई समेटिएको छैन्

सडक र गाडी पुगे पनि नरमाएका मनहरु

वर्षौंदेखि यातायातबाट विमुख कर्णालीबासीका लागि (अझ साविक कर्णाली) २०६३ सालदेखि सञ्चालमा आएको कर्णाली राजमार्गले गौरव महसुस गरायो । विस्तारै अन्य, राजमार्गहरुपनि निर्माण भए सञ्चालमा आए । विशेषगरी कर्णाली राजमार्ग यहाँको आर्थिक समृद्धीको मार्ग र सुर्खेत देखि जुम्ला, मुगुतर्फ जोड्ने राजमार्ग भएकाले त्यतिबेला कर्णालीबासीको मुहारमा आशाको दियो पलायो । तर सडकको दुरावस्थाले दैनिकजसो मान्छेले ज्यान गुमाउनुपरिरहेको छ । सडक पुगेपनि, गाडी गुडेपनि यहाँका नागरिकहरुको मन रमाउन सकिरहेको छैन् ।

किन हुन्छन् यसरी दुर्घटना ?

कर्णालीमा पहाडी भू–भाग छ । साँधुरा एकसरा सडक छन् । अझ सवारी साधनहरुले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्रमात्र होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीसँग छ । सार्वजनिक यातायातमा मात्र होइन, मालवाहक ट्रकसमेत खाली हुँदैनन् । अझ, हिजोआज हाईस र साना सवारी साधनहरु धेरै दुर्घटनामा पर्ने गरेका छन् ।

सुर्खेतका यातायात व्यवसायी भुपेन्द्र शाही दुर्घटना कम गर्न सडक चौडा नै पहिलो आवाश्यकता रहेको बताउँछन् । ‘यसमा चालकको लापरबाहीले पनि सडक दुर्घटना बढ्ने गरेको देखिन्छ,’ उनी भन्छन्,‘तर सडकको स्थिति नै कहालीलाग्दो छ।’ साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी तथा चालकको लापरबाहीजस्ता कारणले धेरै दुर्घटना हुने गरेको प्रहरीको पनि भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img