काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुगु बस दुर्घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका छन्। मंलबार ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारका लागि उनले सरकारसँग आग्रह गरेका हुन्।बुधबार विज्ञप्ति मार्फत् मुलुकभर सडक दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यस्तो आग्रह गरेका हुन्।
‘दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले भनेका छन्, ‘दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु।’
अध्यक्ष प्रचण्डले दुर्घटना हुनुमा सडकको दुरावस्था, सवारी साधनको अवस्था र चापलगायत कारण रहेको बताउँदै यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने समेत बताएका छन्।
मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घटनास्थलमै २४ र ८ जनाको उपचार गर्न लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
१.नेपालगञ्जबाट मुगु जाँदै गरेको बस दुर्घटनाः १६ को मृत्यु,१८ घाइते
२.मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)
३.मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)
४.मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो (अपडेट)