spot_img

अनशनरत रुबीको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना रुबी खान

spot_img

काठमाडौँ — न्याय माग्दै ८ दिनदेखि आमरण अनशनमा बसेकी बाँकेकी रुबी खानको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अस्पताल लगिएको छ । वृहद् नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीसहितको टोलीले उनलाई शनिबार अपराह्न अस्पताल लगेको हो । ‘उहाँ धेरै दिनदेखि भोकै हुनुहुन्छ । निकै गलेको देखिनुभएको छ । हामीले भेट ग¥यौँ । उहाँको अवस्था हेर्दा अस्पताल भर्ना गर्नु जरुरी लाग्यो । त्यसैले अस्पताल लगिएको छ,’ नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीले कान्तिपुरसँग भने । डा उप्रेतीका अनुसार रुबीलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ । र रुबीले अस्पतालमा पनि आमरण अनसन जारी राख्ने बताइएको छ ।

यस्तै धर्नामा बस्दैआएका रुबीका अरु सहयात्रीहरुलाई भने माइती नेपालले रातको बेला आश्रय दिने भएको छ । दसैं अवधिभर उप्रेती र अर्चना थापाले उनीहरुलाई आन्दोलनस्थलमै पुगेर खाना खुवाउने गरेका थिए । ’अब माइती नेपालले बस्न दिने भएपछि अलि सजिलो होला,’ डा उप्रेतीले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img