बुधबार सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकारको निर्णय ! ( पत्रसहित )
काठमाडौं – विजयादशमीको टीका–जमरा ग्रहण गर्ने अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पर्सि कात्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।