बैतडीको, सिगास–५ स्थित ढुंगाड बस्तीमा सेतीको बाढी पस्दा ६० जना फसेका छन्। करिब १०० घर रहेको ढुंगाड बस्तिमा दुबैतिरबाट नदी बग्न थालेपछि बस्ती टापु बनेको छ। बस्तीका अधिकांश घर डुबेको स्थानीय राजेन्द्र चन्दले बताए।बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले ४÷५ घण्टाको दुरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको जानकारी दिएका छन्।
उनले १२ बजे प्रहरीसँग सम्पर्क भएको बताउँदै त्यसपछि प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको बताए। ’प्रहरी ढुंगाड पुगे नपुगेको यकिन हुन सकेको छैन,’ सहायक प्रजिअ भारतीले भने, ’बाढीको प्रभाव र क्षतीबारे यकिन जानकारी आउने बित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा छौ।’
सोमबार राती नै ढुंगाडमा सेती नदी पसेको खबर आएको थियो। मोबाईल फोनले काम नगर्दा स्थानीय प्रशासनले मंगलबार दिउँसोसम्म पनि यकिन विवरण प्राप्त गर्न सकेको छैन। बाढीमा मानवीय क्षती नभएपनि टापु बनेको बस्तिमा ५०र६० जना फसेका बताइएको छ।