spot_img

काँडाताली समाजद्धारा आमाबाबु विहिन छोराछोरीलाई २ लाख १६ हजार बराबरकाे सहयाेग हस्तान्तरण

spot_img

डाेल्पा, डाेल्पाकाे ठूलीभेरी नगरपालिका वडा नं ६ काँडातालीमा गत असोज ३० गते काँडाताली समाजले आमाबाबु विहिन छोराछोरीलाई लक्षित गरि सहयोग संकलन गरी  सहयोगी मनहरुलाई सम्मान तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बुवा अन्न बहादुर बुढा र आमा चिनी कुमारी बुढाको पन्ध्र दिनको अन्तरमा दुखद र अकल्पनिय निधन भएको थियो । उनीहरुका दुइ छोरा र एक छोरी रहेका छन् ।

आमाबाबु विहिन छोराछोरीलाई लक्षित गरि काँडाताली समाजले सहयाेग गर्ने उदेश्यका साथ विदेशी दाजुभाईहरुबाट रु. २८,६२८ र स्वदेशी आमाबुवा दाजुभाई तथा दिदीवहिनीहरुबाट रु. १,८८,३४८ गरी जम्मा रु. २,१६,९७६ संकलन गरीएकाे स्थानीय युवा असिम राेकायाले जानकारी दिए ।

सहयाेग हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति ठूलीभेरी न.पा.६ का वडाअध्यक्ष  धर्मबुढा र विशेष अथिति ठूलीभेरी न.पा.६ का वडा सदस्य  टोप बहादुर चन्द र अतिथि रण बहादुर कार्कीले आमाबाबु दुवै गुमाएकी जेठी छोरी  मिना कुमारी बुढालाई हस्तान्तरण गर्नुभएकाे थियाे ।उक्त सहयोग रकम सहि सदुपयोग होस भन्ने उद्देश्यले काँडाताली समाजको अध्यक्ष र जेठो छोरा  मनिकर्ण बुढाको संयुक्त दस्तखतमा बैकमा खाता खोली जम्मा गरिने बताइएकाे छ।

 काँडाताली समाजले विगत देखी नै दुख र विपतमा राहत प्रदान गर्दै आएको छ । काँडाताली समाजको परिकल्पना जापानमा अध्ययनरत युवा जुन कुमार रोकाया र  हेमराज बुढाले गरेका थिए । काँडाताली समाजको विधान बनाई स्थानीय अपाङ्ग, गरिव, टुहुराहरुको दुख र विपतको बेला संस्थागत साथीको रुपमा स्थापित गर्न विदेशी दाजुभाइ, स्वदेशी दाजुभाई तथा दिदीवहिनीहरु रातदिन लागि परेको अक्षयकोषका संस्थापक तुलचन्द्र बुढाले इमान्दार खवरलाई जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img