spot_img

बाढीपहिरोले गरेको क्षतिको अवलोकन गर्न बझाङ पुग्यो प्रधानमन्त्री र अर्थमन्त्रीको टोली

spot_img

काठमाडाैँ ,आइतबारदेखि परेको वर्षाका कारण बाढी र पहिरोले गरेको क्षतिको अवलोकन गर्न प्रधानमन्त्रीको टोली बझाङ पुगेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मा र पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको टोली क्षतिको अवलोकन गर्न बझाङ पुगेको हो।

टोलीले बझाङको थलारामा गएको पहिरोको हवाई निरीक्षण गरेको छ। जिल्लामा भएको क्षतिको विवरण प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र जिल्लाका नेताहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए।प्रधानमन्त्रीको टोली सवार हेलिकोप्टर नेपाली सेनाको ब्यारेकमा अवतरण भएको थियो।

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासमक्ष नेपाली कांग्रेसका नेता चेतराज बजाल, हिरेन्द्र छत्याल, पृथ्वी सिंह, माओवादी केन्द्रका युवा नेता नरेन्द्र खड्का, रामचन्द्र रोकाया र नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला इन्चार्ज दिलबहादुर सिंहलगायतले बझाङमा भएको क्षतिबारे जानकारी दिए। प्रधानमन्त्री देउवाले बाढीपहिरोपीडितहरूलाई तत्काल राहातको व्यवस्था हुने आश्वासन दिएका छन्।बझाङमा हालसम्म पहिरोले च्यापिएर सातजनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img