बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं,  असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पु¥याएको छ ।

क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पु¥याएको मन्त्रालयले जनाएको छ ।‘तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा असर परेको र जसमध्ये ६७ हजार ९१९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको छ,’ सहसचिव एवं प्रवक्ता सञ्जेलले भने । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ ।

अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन् । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पु¥याएको छ ।सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पु¥याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।

यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती ः सक्नुहुन्छ भने विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउनुस्

 काठमाडौं, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी...

लुम्बिनी प्रदेशले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाडौं, लुम्बिनी प्रदेशले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कप्तान देव खनाल, विशाल विक्रम केसी अनी अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई...

काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्।

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १६४८ सक्रिय संक्रमित छन्। काठमाडौंमा ५४८, भक्तपुरमा...

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

 काठमाडौं,  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!