आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं,  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैतमसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती ः सक्नुहुन्छ भने विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउनुस्

 काठमाडौं, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी...

लुम्बिनी प्रदेशले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाडौं, लुम्बिनी प्रदेशले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कप्तान देव खनाल, विशाल विक्रम केसी अनी अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई...

काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्।

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १६४८ सक्रिय संक्रमित छन्। काठमाडौंमा ५४८, भक्तपुरमा...

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

 काठमाडौं,  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!