एमालेमा भाँडभैलो भइरहँदा एकीकृत समाजवादीमा किन छायो खुसीयाली ?

दसबुँदे सहमितका विषयमा नेकपा एमालेमा भाँडभैलो भइरहँदा यसैबाट अलग भई गठित नेकपा एकीकृत समाजवादीले भने पार्टी गठनको २ महिनामै अभूतपूर्व उत्साह देखिएको दाबी गरेको छ।प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी आफ्नो पार्टी एकीकृत समाजावादी गठनका दुई महिनाको प्रगति विवरण सार्वजनिक गरेका हुन्। जसमा गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको दाबी गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरूको स्वतःस्फूर्त सहभागिताले यो स्थिति सम्भव भएको हो।’अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद चर्किएपछि एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले पार्टी फुटाएर आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका हुन्।

गत भदौ ८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र ४ गैरभौगोलिक जिल्ला कमिटी गठन गरेको छ। यसैलाई उसले प्रमुख उपलब्धि ठानेको छ। बेमौमसमी वर्षाले केही समस्या आए पनि पार्टीको संगठन निर्माण तीव्र रूपमा जारी रहेको पनि उसले वक्तव्यमा उल्लेख गरेको छ।जारी वक्तव्यअनुसार एकीकृत समाजवादीले यस अवधिमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरूको जिम्मेवारी तोकेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती ः सक्नुहुन्छ भने विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउनुस्

 काठमाडौं, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी...

लुम्बिनी प्रदेशले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाडौं, लुम्बिनी प्रदेशले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कप्तान देव खनाल, विशाल विक्रम केसी अनी अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई...

काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्।

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १६४८ सक्रिय संक्रमित छन्। काठमाडौंमा ५४८, भक्तपुरमा...

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

 काठमाडौं,  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!