बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता

कैलालि, गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुबानमा पर्दा खेतमै उम्रिन थालेको छ ।पानी सुक्यो भनेर हेर्न उनी बारम्बार खेतमा पुग्छन् । उम्रिन लागेको धान हेर्छन्, पानी नसुक्दा संकलन गर्न नपाएपछि अमिलो मन बनाएर फर्कन्छन् । ‘अलिअलि पानी सुकेको ठाउँको धान संकलन गरेँ । खेतमा अझै धेरै ठाउँमा पानी छ,’ चौधरीले भने, ‘चार÷पाँच दिनसम्म डुबान हुँदा धान उम्रिएर काम नलाग्ने भएको छ ।’ अधिकांश धान उम्रिएको उनले बताए ।

बसौटीकै किसान खुसीरामको खेतमा पुला बाँधेर राखेको धान जरा टुसाएर सेताम्य छ । खेतमा पानी नसुक्दा उनले त्यही धान पनि थ्रेसिङ गर्न पाएका छैनन् । खेतमा ट्रयाक्टर लैजाँदा हिलोमा फस्ने डरले टुसाउन लागेको धान थ्रेसिङ गर्न नपाएको उनले बताए । दुई बिघा जमिनमा लगाएको धान टुसाएर काम नलाग्ने अवस्थामा पुगेको उनले बताए ।

कैलालीमा अविरल वर्षापछि चार÷पाँच दिनसम्म डुबानमा परेको धान खेतमै उम्रिन थालेको छ । खेतमा पानी नसुक्दा अधिकांश किसानले उम्रिन लागेको धान पनि भित्र्याउन पाएका छैनन् । वर्षाले धानबाली नष्ट गरेपछि किसान परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।‘धान बेचेरै गुजारा चल्थ्यो । यसपालि सबै बर्बाद भयो,’ खुसीरामले दुखेसो पोखे, ‘साँझ–बिहानको छाक टार्नै समस्या हुने भयो ।’ धान बेचेरै नुनतेललगायत खर्च जोहो गर्ने उनी पूरै धान नष्ट भएपछि नौजनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

परिवार पाल्नेसँगै अर्को चिन्ता पनि छ– धानबाली लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने । धानको बिउ र मल किन्न उनले गाउँको प्रगति कृषक समूहबाट २० हजार रुपैयाँ ऋण लिएका थिए । अधिया लिएको पौने दुई बिघामा लगाएको धान थ्रेसिङ गर्ने तयारीमा थिए । तर, गत आइतबारबाट भएको अविरल वर्षाले काटेर खेतमा राखेको धान डुबानमा प¥यो ।काटेर खेतमै राखेकोभएपछिधनगढीउपमहानगरपालिका–१५, कनरीका गंगाराम चौधरी पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनले दसैँकैबीच धान काटेर खेतमा सुकाउन राखेका थिए । मंगलबार उठ्दा भने उनको खेतमा धान थिएन, नदी बगिरहेको थियो । खेतमा पसेको खुटिया नदीले उनी उठ्दासम्म धान बगाइसकेको थियो । बचेको केही धान जोगाउन उनले पानीमा हामफाले ।

‘अलिकति जोगाएँ, बाँकी सबै नदीले बगायो । म उठ्दा धानको कुन्यू त डुंगाझैँ पानीमा तैरिरहेको थियो,’ उनले भने । दुई बिघामा लगाएको धानमध्ये केही धान उनले खेतमै कुन्यू बनाएर राखेका थिए । धान बगाएपछि ६ जनाको परिवार भोकभोकै बस्नुपर्ने अवस्था रहेको दुखेसो उनले सुनाए ।

२१ हजार हेक्टरमा लगाएको धानबालीमा पूर्ण क्षति
धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । वर्षा र डुबानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले प्रारम्भिक तथ्यांक हेर्दा २१ हजार हेक्टरको धानबाली पूर्ण रूपमा नष्ट भएको बताए । लामो समय पानीमा रहेकाले धान टुसाउन थालेको उनको भनाइ छ । कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ । उत्पादकत्वका आधारमा करिब साढे नौ लाख क्विन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!