काठमाडौं,हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।
बुधबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भू(भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू(भागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।