डोल्पा,डोल्पामा एक युवती खोलामा खसेर बेपत्ता भएकी छिन् । शे–फोक्सुण्डो ताल घुम्न जान भनेर पैदलै निस्केकी २६ वर्षीया सलिना बुढा छेप्काबाट सुलिगार्ड खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।ठूलीभेरी नगरपालिका–३ की बुढा शे फोक्सुण्डो गाउँपालिका–९ मा पर्ने छेप्काबाट खोलामा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
बुधबार बिहान १० बजेतिर खोलामा खसेकी उनको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको डीएसपी पाण्डेले बताए । उनीहरु शे फोक्सुण्डो ताल घुम्न भन्दै मंगलबार घरबाट निस्किएका थिए ।