spot_img

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम देिख बारमा फाइटसम्म

spot_img

काठमाडाैँ,नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्रै गर्ने विरोधका कार्यक्रम घोषणा गरेको छ ।

बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगलबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले गरेको छ । ‘कात्तिक १४, १५, १६ र १७ गतेसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने, कात्तिक १६ मा सर्वोच्च प्रांगणमा धर्ना र विरोधसभा गर्ने निर्णय गरिएको छ,’ शुक्रबार बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो अवधिभित्र पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप विरोधका कार्यक्रम ल्याउने बारको चेतावनी छ । ‘उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । प्रधानन्यायाधीशले राजीनामा नदिए इजलास बहिष्कार गर्ने, जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म गर्न सक्ने चेतावनी महासचिव पौडेलले दिँदै आएका छन् । न्यायालय सुधारका लागि बाध्य भएर विरोधका कार्यक्रम घोषणा गर्नुपरेको उनको भनाइ छ ।

बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न पनि सुझाव दिएको छ । ‘प्रधानन्यायाधीशज्यूबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको हुँदा इजलासमा नबस्न जोडदार माग गर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।

बारले न्यायपालिकाको अहिलेको अवस्था र आफ्नो निर्णयबारे देशभरका ९० वटै बार एकाइमा पनि परिपत्र गर्ने र निर्णय कार्यान्वयनका लागि अनुरोध गर्ने भएको छ । सबै एकाइका अध्यक्ष र सचिवहरूसँग भर्चुअल (जुम)मार्फत छलफल, अन्तत्र्रिmया र सुझाव संकलन गर्ने निर्णय गरेको छ । बारले सार्वजनिक गरेको आन्दोलनमा ऐक्यबद्धता र सक्रिय सहभागिता जनाउन सबै कानुन व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

बारले भनेअनुसार प्रधानन्यायाधीशले आजको दिनसम्म राजीनामा नदिएका कारण केही अवरोधका कार्यक्रम घोषणा गरेको र यो निर्णयमा पुग्नुअघि उपत्यकास्थित बारका सबै इकाइसँग छलफल गरेको महासचिव पौडेलले बताए ।

न्यायाधीशहरूको छलफल ‘हेर्दाहेर्दै’मा
प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेका सर्वोच्चका न्यायाधीशहरूले गत सोमबारदेखि निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका छन् । लगातार आन्तरिक छलफलमा छन् । शुक्रबारको छलफलमा बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने कि भन्ने विषयमा छलफल भएको एक न्यायाधीशले बताए । बिदामा रहेका दुई न्यायाधीश पनि आइतबार सर्वोच्चमा उपस्थित हुने भएकाले त्यसपछि मात्रै आगामी रणनीतिबारे छलफल हुने उनको भनाइ छ ।

‘हाम्रो छलफल हेर्दाहेर्दैमा छ भनौँ । आइतबार फेरि बस्ने गरी आजको छलफल टुंगियो,’ ती न्यायाधीशले भने, ‘आज हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने कि भन्नेबारे कुरा ग¥यौँ । आइतबार दुईजना श्रीमान्ले सर्वोच्च आउने बताउनुभएको छ । अन्य निर्णय र छलफल त्यसपछि मात्र गर्छौँ ।’ हाल परिवारसहित खप्तड भ्रमणमा रहेका न्यायाधीशहरू सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा सर्वोच्चमा हाजिर हुँदै छन् ।

न्यायाधीशहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेर निकास दिन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधीशले ‘सडकबाट माग्दैमा राजीनामा नदिने’ जवाफ दिएपछि कुनै पनि न्यायाधीशमा इजलासमा बसेका छैनन् ।

बारमा दुई अधिवक्ताबीच झडप
प्रधानन्यायाधीश जबराको राजीनामाका विषयमा विवाद हुँदा नेपाल बार एसोसिएसन प्रांगणमा दुई अधिवक्ताबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हात हालाहाल भएको हो ।

न्यौपाने न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने आन्दोलनमा छन् भने चुडाल बार र वकिलहरूले इजलास बहिष्कार गर्न नहुने पक्षमा छन् । सञ्चारमाध्यमलाई आफ्नो धारणा बताइरहँदा न्यौपानेले आफूलाई बोलाएर कुटेको चुडालको आरोप छ । बहस गर्न अदालतमा उपस्थित हुँदा आफूमाथि कुटपिट भएको भन्दै चुडालले कानुनी उपचार खोज्ने बताएका छन् ।

सर्वोच्चभित्र एक्लिए जबरा ः न्यायालय सुधारको पक्षमा सबै १९ न्यायाधीश एकै ठाउँ

न्यायालय सुधारको संघर्षमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सर्वोच्चका सबै १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । १५ न्यायाधीशले यसअघि नै जबरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । बिदामा रहेका चार न्यायाधीशले पनि न्यायालय सुधारको आन्दोलनमा सँगै रहेको भन्दै संघर्षरत न्यायाधीशहरूलाई सन्देश पठाएका छन् ।

बिदामा रहेका ईश्वरकुमार खतिवडा, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजकुमार केसीले सहकर्मीहरूसँग विभिन्न माध्यमबाट सम्पर्क गरेर संघर्षमा ऐक्यबद्धता जनाएका हुन् । एक न्यायाधीशका अनुसार खप्तड भ्रमणमा गएका सिन्हा र मल्ल बिदा सकेर आइतबार सर्वोच्चमा हाजिर हुँदै छन् । ‘आइतबारको हाम्रो छलफलमा उहाँहरू (सिन्हा र मल्ल)समेत उपस्थित हुनुहुन्छ,’ ती न्यायाधीशले भने ।

उनका अनुसार विदेशमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि न्यायालय सुधारको पक्षमा आफ्नो साथ रहेको भन्दै एक सहकर्मीलाई इमेल पठाएका छन् । ‘हाम्रो बैठकमा सहकर्मी श्रीमान्ले उहाँ (खतिवडा)को इमेल नै वाचन गरेर सुनाउनुभयो,’ उनले भने । त्यस्तै, बिदामै रहेका न्यायाधीश तेजकुमार केसीले पनि न्यायाधीश बमकुमार श्रेष्ठलाई सन्देश पठाएर आफू सहकर्मीहरूकै पक्षमा रहेको बताएका छन् ।

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै इजलास ‘बहिष्कार’ गर्दै आएका छन् । नयाँ पत्रिकामा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img