सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा आज बेलुकासम्म राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेका हुन । कांग्रेसले मुख्यमन्त्री लिएपछि मुख्यमन्त्रालयमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने तयारी छ । कांग्रेस–माओवादीबीच पहिलो छ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी यसअघि नै भैसकेको छ । मुख्यमन्त्री शाहीले गत वैशाख तीन गते विश्वासको मत लिएका थिए ।
अर्कातिर शाही मन्त्रिपरिषद्का तीन मन्त्रीको समेत पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पद गएको हो । गत वैशाख ३ ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका तत्कालीन तीन सांसदहरुको पद गएको थियो । एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ‘फ्लोर क्रस’ गरेपछि एमालेको कारबाहीमा परेका थिए ।