डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे कार्यशैलि प्रति पछिल्लाे समय जनताकाे गुनासाे बढ्दै गएकाे छ । केहि समय अघि दलित र विपन्नका लागि भन्दै सरकारले दिएकाे राहत चामल हुने खानेलाइ बाढेकाे भन्दै व्यापक आलाेचना भएकाे थियाे । केहि समय अघि वैकल्पिक ऊर्जा प्रवर्ध्दन केन्द्रले दिएकाे ३ मुखे चुलाे वितरणमा समेत जनप्रतिनिधिले मनाेमानी गरेकाे जनताकाे गुनासाे कार्यालयसम्म पुगेकाे थियाे । अहिले फेरी वैकल्पिक ऊर्जा प्रवर्ध्दन केन्द्रले दिएकाे साेलार वितरणमा मनाेमानी गरेकाे भन्दै जिल्ला प्रशासनमा समेत उजुरी परेकाे छ ।
उर्जा प्रवर्ध्दन केन्द्रका अनुसार एक घर एक साेलार कार्यक्रम अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिकाका केहि जनतालाइ साेलार निशुल्क दिएकाे थियाे । निशुल्क दिएकाे साेलामा शुरूमा पैँसा उठाउने समेत जनप्रतिनिधिले भनेका थिए पछि चाैतर्फी विराेध भएपछि त्याे निर्णयबाट पछि हटे । तर साेलार लक्षित वर्गले नपाएर उपमेयर देखि जनप्रतिनिधि र अधिकांंस हुनेखानेले पाएका छन् । नगरपालिका भरी भएकाे साेलार विवाद केही वडामा सामान्य भए पनि वडा नम्वर ३ काे जिउँ गाउँमा भने उत्कर्षमा पुगेकाे छ । उक्त विवाद जिल्ला प्रशासन कार्यालय डाेल्पा देखि उर्जा विकास सम्म पुगेकाे छ । पीडितले आज जिल्ला प्रशासनमा पुगेर छानविन गरीपाउँ भनि उजुरी समेत दिएका छन् ।
जिल्ला प्रशासनमा पीडितले हालेकाे निवेदनः

उपमेयरका बुढा र छाेरीकाे नाममा समेत साेलारः 
विवाद बढ्नुकाे मुख्य कारण हाे उर्जा विकासले नामै ताेकेर पठाएका जनताले समेत साेलार पाएनन् । किन हाम्राे नाम भएर पनि पाएनाैँ भन्दा उल्टै वडा प्रतिनिधिले तिमीहरूले के गर्न सक्छाैँ गर भन्दै धम्क्याएकाे स्थानीय गाेपाल केसीले इमान्दार खवरलाइ जानकारी दिए । माथिबाट नाम ताेकेर खल वहादुर डाँगी,राजेन्द्र विक,गाेपाल केसी,सरिता धरला र सुकमती वि.कले साेलार पाएनन् ।
साेलार वितरण गर्नुभन्दा पहिले स्थानीय कालि बहादुर केसीको घरमा राती गोप्य मिटिङ बसी वडा अधयक्ष र केहि नेता भनाउदाहरु बाल कुमार बोहोराको सल्लाह गरि माआवादी भनेर भेदभाव गरेको स्थानीय खल वहादुर डाँगीले बताए । त्यतिमात्र नभएर सु गाउँको नाममा भएको सोलार जिउमा बाडेको तथा सुँ गाउँमा हिरलाल तामाङ्ले मात्र पाएको सरिता धराला खोजी गर्दा सो ब्यत्ती सु गाउँको जनता भएको पाइएकाे छ । सो सरिता धरालाको नाममा रहेको सोलार पनि जिउँ गाउँका आफना कार्यकताहरुलाई दिईएकौ छ । यसरी सोझा जनताको नाममा आएको अनुदानको सोलार अन्य व्यक्तीलाई बाडेपछि विवाद उत्कर्षमा पुगेकाे हाे ।
माथिबाट आएकाे साेलार उपमेयरका बुढा शेरवहादुर बुढाले मनाेमानी ढंगले वितरण गरेकाे पीडित पक्षकाे आराेप छ । पीडित पक्षका अनुसार सुरूमा उपमेयरका बुढाले नाम लिष्ट नै देखाउन मानेनन् पछि प्रतिनिधिले सुटुक्क दिएकाे पार्टीगत मान्छेलाइ साेलार वितरण गरेकाे उनीहरूकाे आराेप छ ।
यसबारे इमान्दार खवरले उर्जा विकास कार्यालयमा बुज्दा केन्द्रका सहायक निर्देशक डा. लक्ष्मण प्रसाद घिमिरेले नामै ताेकेर पठाएकाे साेलार अन्यलाइ वितरण गर्नु दुखद भएकाे बताए । कार्यालयबाट तत्काल अनुगमन टाेलि समेत पठाएर छानविन गर्ने डा. घिमिरेले जानकारी दिए । यति गलत गरेकाे भेटिए नियमसंगत कारवाहिका लागि समेत पहल गर्ने उहाँकाे भनाइ छ । त्यसाेत इमान्दार खवरले साेलार वितरणमा मनाेमानी गरेकाे आराेप लागेका जनप्रतिनिधि र स्थानीय नेतालाइ बुझ्न खाेज्दा सम्पर्क हुन सकेन ।


















