काेराेना राेक्न हाेइन,जनता दुखदिन ब्यस्त डाेल्पाली सिडिओ,गृह मन्त्रालय भन्छ”बुझेर अगाडि बढ्छाैँ”

रूपक यात्री
डाेल्पा, विश्वभरी महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढिरहेकाे छ । काेराेनाकाे संक्रमणबाट कुनै जिल्ला अछुताे रहन सकेका छैनन् । हिमालि जिल्ला डाेल्पामा आंशिक रूपमा संक्रमण देखिएकाे छ । सरकारले संक्रमण राेक्न लकडाउन देखि सटडाउन सम्मका उपाया अपनाइरहेकाे छ । सरकारले नयाँ नियम समेत ल्याइरहेकाे छ । सुगम क्षेत्रका जनता सञ्चार माध्यममा बढ्दाे पहुँचका कारण सुचना प्राप्त गर्न सजिलाे छ तर दुर्गमका जनता भने सञ्चार माध्यममा पहुँच नहुनाले सुचनाबाट बञ्चित छन् । तर दुर्गमका साेझा जनातालाइ प्रसासनले दुख दिन थालेका छन् । यस्तै भएकाे छ डाेल्पामा पनि जिल्ला प्रशासन डाेल्पाले जनतालाइ सचेन नगराएरै माक्स नलगाउँनेलाइ भटाभट जरीवाना तिराउँने गरिएकाे छ । मास्क नलगाउनेहरुलाई संक्रमण रोग ऐन २०२० को दफा(२) बोमोजिम कारबाहि गर्न प्रशासनले पाउँछ ।
प्रशासनकाे काम जनतालाइ सचेत गराएर काेराेना भाइरसकाे संक्रमण राेक्ने पनि हाे । तर डाेल्पा प्रशासनले आईतबार देखि प्रतिव्यक्ती १ सय रुपैया जरिवाना गरेपछि सामाजिक सञ्जालमा व्यापक विराेध भएकाे छ । प्रशासनकाे निर्देशनमा प्रहरीले १ कै दिनमा २६ जना पुरुष र १३ जना महिला सहित ३९ जनालाई जरिवाना तिराएर ३ हजार ९ सय राजश्य उठाएकाे बताइएकाे छ । भाइरकाे महामारी राेक्न कडाइ गरेकाे देखाउँन प्रमुख जिल्ला अधिकारी सुरेश सुनार माक्स नलगाएकाेलाइ कारबाहि गरेकाे प्रचार बाजिमा लागेका छन् ।
उता सामाजिक सञ्जालमा भने सिडिओ सुनारकाे ब्यापक विराेध शुरू भएकाे छ । विराेधकाे कारण माक्स नलगाएकाेमा कारबाहि गरेकाेले मात्रै हाेइन । काराेना राेक्न प्रशासनले देखाएकाे उदासिनता पनि झल्किन्छ । सामाजिक प्रयाेग कर्ता ओमओम नामका व्यक्तिले फेसवुकमा लेखेका छन् “क्वारेन्टाइनमा १४ दिन बस्दा पनि कुनै चेकजाँच नै नगराइ घर पठाउँने तर मास्क नलगाई हिड्दा चाहिँ जनता ले जरिवाना तिर्न पर्ने के मास्क लगाउदा मात्र कोरोना नियन्त्रण हुने हो र सरकार ले आवस्यक परिक्षण गर्न पर्दैन ?” भन्ने प्रशासनलाइ प्रतिप्रश्न गरेका छन् । उनले फेसवुकमा लेखेकाे जस्ताकाे तस्तै


यस्तै अर्का फेसवुक प्रयाेग कर्ताले सबै डाेल्पाली जनता सबैकाे पीसीआर र आरडीटी परीक्षण गरेर सरकार गरिव भएछ १ सय दान गरियाे भन्दै व्यङ्ग्य गरेका छन् ।

उक्त विषय डाेल्पाकाे चर्चाकाे विषय बनेकाे छ भने रसिद समेत भाइरल भएकाे छ । भाइरल हुनुकाे कारणहाे रसिदमा बुझिलिनेकाे हस्ताक्षरनै नै नगरि भटाभट रसित काटिएकाे छ । रसिदमा छाप समेत छैन । त्यसैले याे विषय चर्चाकाे विषय बनेकाे छ ।
यसबारे बुज्न खाेज्दा डाेल्पाका सिडिओ सुशेस सुनार हाम्राे सम्पर्कमा आउन चाहदैनन् ।
गृहकाे चासाे
गृह प्रवक्ता चक्रवहादुर बुढाले डाेल्पामा प्रशासनले काेराेना संक्रमण राेक्न गम्भिर नभएकाे जनगुनासा आएकाेले गम्भिर ध्यानाकर्षण भएकाे बताए । यसबारे गृहमन्त्राले बजेर प्रतिक्रिया दिने उनले इमान्दार खवरलाइ जानकारी दिए । भाइरसकाे संक्रमण बढेका बेला नाकामा कडाइ हुनु पर्ने बुढाेकाे भनाइ छ । नियम संगत ढंगले जरीवाना तिराए पनि रसिदमा बुझिलिनेकाे हस्ताक्षर हुनु पर्ने उहाँकाे भनाइ छ ।
काेराेना भाइरसकाे संक्रमण राेक्न माक्स लगाउँनु आवश्यक छ त्याे हरेक नागरिककाे कर्तव्य पनि हाे । भाइरकाे संक्रमणबाट जाेगिन भिडभाडमा जानु हुँदैन,मास्ककाे अनिवार्य प्रयाेग गर्ने र सामाजिक दुरी कायम गर्ने,सावुन पानिले बेलाबेला मिचिमिचि हात धुने गर्नुपर्छ ।
तर प्रशासनले माक्समा मात्र ध्यान दिने क्वारेन्टाइनमा १४ दिन बसालेर विना परिक्षण घर पठाएकाे ? बाहिरी जिल्ला भित्रने मानिसलाइ कडाइ नरेकाे ? परिक्षणकाे दायरा बढाउँन ध्यान नदिने ? महामारीका बेला डाल्पामा गाडि भाडामा मनपरि हुदाँ ध्यान नजाने ? लकडाउनका कारण डाेल्पामा भाेकमरी लाग्ने निश्चित छ त्यतातिर प्रशासनकाे ध्यान नगएपछि जनतामा निरासा छाएकाे छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -