spot_img

न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न मिल्दैन ः प्रधानमन्त्री देउवा

spot_img

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा जारी संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग न्यायालयमा देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् ।‘संविधानले राज्यका निकायको अधिकार प्रष्ट बताएको छ । अदालतको विषयमा संविधानको दायरा नाघ्न मिल्दैन,’ देउवाले मन्त्री बडुलाई भने, ‘यो अदालतको समस्या हो, अदालतले नै यसको निकास दिनुपर्छ । तपाई पनि यहि भन्नुहोला ।’

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको विवादलाई सरकारले नजिकबाट हेरिरहेको भएपनि समस्याको निकास भने अदालतबाटै खोजिनुपर्नेमा जोड दिएको कानुनमन्त्री बडुनिकट स्रोतले बताएको छ। ‘संविधानभन्दा बाहिर गएर हामी सममस्याको निकास खोज्ने पक्षमा छैनौं, प्रधानन्यायाधीश र न्यायाधीशहरुले यसको निकास दिनुपर्छ,’ देउवाले भने ।बिहीबार साझ महान्यायाधीवक्ता खम्मबहादुर खातिसहितको टोलीले कानुनमन्त्री बडुलाई भेटेर अदालतमा देखिएको समस्याको निकासका लागि आग्रह गरेका थिए । भेटमा महान्यायाधिवक्ता खातिसहित वष्ठि अधिवक्ता पूर्णमान शाक्य, राधेश्याम अधिकारीलगायत थिए ।

उनीहरुले अदालतमा देखिएको विवादमा सरकार मौन रहन नहुनेमा जोड दिएका थिए । जवाफमा कानुनमन्त्री बडुले पनि न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा सरकार नभएको जवाफ दिएका थिए ।उनले सरकारको जोड न्याय सेवा प्रवाहमा रहेको बताएका थिए । ‘न्यायालय ठप्प हुँदा नागरिकले सेवा पाउन सकेका छैनन्, सेवा प्रवाह रोकिनुहुँदैन भन्नेमा सरकारको जोड रहन्छ,’ मन्त्री बडुले भने ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउन मूलगेटमै धर्ना दिदै आएका छन् भने न्यायाधीशहरु पनि इजलास बहिस्कार गर्दै आएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img