spot_img

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

spot_img

काठमाडौं, सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक शनिबार बस्दैछ।आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा पछिल्लो समय देखिएका विभिन्न विषयसहित पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको विषयमा छलफल हुने बताइएको छ।बैठकमा पार्टीका विभिन्न आयोगले गरेका कामको विषयमा पनि छलफल हुनेछ। संगठन विस्तारदेखि सबै कामको समीक्षा हुने बताइएको छ।

दुई दिने केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीले हिजो शुक्रबार स्थायी समिति बैठक राखेर एजेण्डा तय गरेको थियो।उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ। आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ। बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची रहेको छ।शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो।बैठक ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा बस्न लागेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img