spot_img

“सांसद विरवहादुर शाहीकाे पहलमा मुख्यमन्त्री राेजगार कार्यक्रमका लागि डाेल्पामा ७ कराेड भन्दा बढि बजेट भित्रियाे”

spot_img

डाेल्पा,कर्णाली प्रदेशमा मुख्यमन्त्री राेजगार कार्यक्रमबाट डाेल्पाका ८ वटै स्थानीय तहहरूमा ५४ वटा याेजनाहरू परेका छन् । निवर्तमान प्रदेश मुख्यमन्त्री महेन्द्रवहादुर शाहीका पालामा भएकाे मुख्यमन्त्री राेजगार कार्यक्रम प्रदेश भरीनै याेजनाहरू वितरण गरिएकाे थियाे । प्रदेश भित्र राेजगारीका अवसरकाे श्रृजना गरि नागरिककाे जीवनस्तरमा सुधार ल्याउने उदेश्यले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री राेजगार कार्यक्रम शुरूवात गरेकाे थियाे ।

डाेल्पाका लागि क्षेत्र नम्वर “ख” का सांसद विरवहादुर शाहीले प्रत्येक वडा वडामा पुगेर याेजना संकलन गरी आव  २०७८/०७९ मा५४ वटा याेजनाका लागि ७ कराेड भन्दा बढि बजेट आएकाे जानकारी दिए । भेदभाव रहित सबै जिल्ला भरि आवश्यकताका आधारमा याेजना हालिएकाे सांसद शाहीकाे भनाइ छ । सांसद शाहीका अनुसार याेजनाहरू जनताकाे आवश्यकता अनुसार गाउँटाेल र स्थानीयस्तरकाे विकासकाे लागि  बाटाेघाटाे,सिँचाइ,खानेपानी,घेराबर लगायतका क्षेत्रमा बजेट छुट्याइएकाे छ । यस कार्यक्रमबाट बेराेजगार जनतालाई थाेरै भएपनि आम्दानीकाे स्राेत बन्नुका साथै दैनिक गर्जाे टार्न सहयाेग पुर्याउँदै आएकाे छ ।

सांसद शाही पछिल्लाे समय जिल्ला देखि प्रदेशसम्म लाेकप्रिय र जनप्रेमी नेताका रूपमा परिचित छन् । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीकाे दावेदार समेत प्रस्तुत गरेका छन् । केहिदिन अघिमात्रै उपल्लाे डाेल्पामा दुइ गाउँपालिका अध्यक्ष सहित,दर्जनाैँ वडा अध्यक्ष र अन्य पार्टीका नेताकार्यकर्ताकाे प्रवेशसँगै डाेल्पाले मन्त्री पाउनु पर्ने माग बढ्दै गएकाे छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img