spot_img

भाइरल रसिद काण्डकाे रहस्यबारे बाेले सिडिओ भन्छन् “त्रुटि भएछ,सुधार भइसक्याे” पीसीआर परिक्षण बढाइने

spot_img

डाेल्पा, जिल्ला प्रशासन कार्यालयले माक्स नलगाएकालाइ कारबाहि गर्दा कार्यालयकाे छाप र हस्ताक्षर बिनाकाे रसिद सामाजिक सञ्जालमा भाइर भएकाे थियाे । सामाजिक सञ्चालमा देखिएकाे जनगुनासाेलाइ आधार बनाएर इमान्दार खरले “काेराेना राेक्न हाेइन,जनता दुखदिन ब्यस्त डाेल्पाली सिडिओ”शिर्षकमा समाचार प्रकाशित गरेकाे थियाे । समाचार आएपछि छाप र हस्ताक्षर बिनाकाे रसिद सामाजिक सञ्जालमा भाइरल डाेल्पाका प्रमुख जिल्ला अधिकारी सुशेस सुनाले चासाे ब्यक्त गरेका छन् । शुरूमा केहि त्रुटि भएकाे रहेछ,रसिदमा हस्ताक्षर र छाप नभएकाे थाहाँ पाएपछि त्यसमा तत्काल सुधार गरेकाे जिल्ला प्रमुख सुनारले इमान्दार खवरलाइ जानकारी दिए । मास्क नलगाउनेहरुलाई संक्रमण रोग ऐन २०२० को दफा(२) बोमोजिम आइतबार २६ जना पुरुष र १३ जना महिला सहित ३९ जनालाई जरिवाना तिराएकाे थियाे । साेमबार भने ७ जना अटेरी गर्नेलाइ मात्र कारबाहि गरिएकाे जिल्ला प्रमुख सुनारकाे दावी छ । 

विश्वभरी महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढिरहेकाे छ । काेराेनाकाे संक्रमणबाट कुनै जिल्ला अछुताे रहन सकेका छैनन् । हिमालि जिल्ला डाेल्पामा आंशिक रूपमा संक्रमण देखिएकाे छ । सरकारले संक्रमण राेक्न लकडाउन देखि सटडाउन सम्मका उपाया अपनाइरहेकाे छ । सरकारले काेराेना भाइरसकाे संक्रमणबाट बच्न आफ्नाे सुरक्षाकाे ख्याल गर्दै माक्स लगाउँन सबै नागरिकलाइ सचेत गएकाे छ । तर सरकारकाे निर्देश नमान्ने अटेरी गर्ने रआफ्नाे स्वास्थ्यप्रति जिम्मेवार नहुनेहरूलाइ कारबाहि गर्ने जिल्ला प्रमुख सुनारकाे चेतावनी छ । दाेस्राे चरणमा १ हजार बढीकाे पीसीआर परिक्षण गराइने सुनारकाे दावी छ ।

काेराेना भाइरसकाे संक्रमण राेक्न माक्स लगाउँनु आवश्यक छ त्याे हरेक नागरिककाे कर्तव्य पनि हाे । भाइरकाे संक्रमणबाट जाेगिन भिडभाडमा जानु हुँदैन,मास्ककाे अनिवार्य प्रयाेग गर्ने र सामाजिक दुरी कायम गर्ने,सावुन पानिले बेलाबेला मिचिमिचि हात धुने गर्नुपर्छ । 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img