spot_img

दुई सातापछि कर्णाली प्रदेश सरकार विस्तार, कृषिमन्त्रीमा शाही

spot_img

सुर्खेत – मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको दुई सातापछि कर्णाली प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री शाहीले मंगलवार एक जना मन्त्री थप गरेका हुन् ।

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाहीलाई मन्त्री नियुक्त गरिएको हो । शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तीन दलीय गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन । थप एक जना मन्त्री नियुक्त गरिए पनि सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img