spot_img

काईके गाउँपालिकामा मङ्सिर १५ गतेदेखि जिल्ला स्तरीय भलिवल र फुटवल प्रतियाेगिता हुँदैः मिडीया पाट्नर इमान्दार खवर

spot_img

काइके,डाेल्पा जिल्लाकाे काईके गाउँपालिकामा आउँदाे मङ्सिर १५ गते जिल्ला स्तरीय भलिवल र फुटवल प्रतियाेगिता हुने भएकाे छ । गाउँपालिकासँगकाे समन्वयमा पालिकाकै वडा नं ३ गुम्बातारामा हुने प्रतियाेगिता माउन्ट पुथा युवा क्लबले आयोजना गर्न लागेकाे हाे । प्रतियाेगितामा जिल्लाभरिका टाेलिले सहभागिता जनाउन सक्ने आयाेजक कमिटिका संयाेजक चन्द्र बुढाले जानकारी दिनु भयाे । बुढाका अनुसार सुचना प्रकाशन गरेर सहभागिता जनाउन इच्छुक टिमलाइ दर्ताका लागि मङ्सिर १२ गतेसम्म समय ताेकिएकाे छ भने १४ गते खेलहुने स्थानमा सहभागिता जनाउने टाेलि पुगिसक्ने पर्ने छ ।

प्रतियाेगिता उद्घाटन मङ्सिर १५ गते विहान ११ बजे हुनेछ भने समापन २५ गते हुने संयाेजक बुढाले बताए । प्रतियाेगिता भव्य र सभ्य हुने आयोजककाे दावी छ । टिम दर्ता शुल्क रु ५,००० तिरेर सबैलाइ सहभागिता जनाउन समेत आयोजककाे अपिल छ । खेल अवधिभर खान र बस्नको लागि सुपथ मूल्यमा होटलको व्यवस्था गरिएको छ भने खेलाडीहरूले अनिवार्य रुपमा पोसाक लगाउन पर्ने आयोजकले जानकारि दिएकाे छ । विस्तृत जानकारीका लागि आयोजक कमिटिका संयाेजक चन्द्र बुढालाइ फाेन नम्बर ९८६४९३१४६७ सम्पर्क गर्न सकिने छ । प्रतियाेगिताकाे मिडीया पाट्नर भने इमान्दार खवर रहेकाे छ ।

विजेता हुने टिमले निम्नअनुसारकाे पुरस्कार प्राप्त गर्ने छन् ।

फुटवल तर्फः

प्रथम – रु १,१५,०००

द्वितीय -रु ५०,०००

तृतीय रु ३०,०००

भलिवल तर्फः

प्रथम – रु १,१५,०००

द्वितीय – रु ५०,०००

तृतीय – ३०,०००

साथै सिल्ड, पदक र प्रमाणपत्र अनिवार्य हुनेछ र उत्कृष्ट खेलाडी पनि छनोट हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img