spot_img

काे हुन् ती महिला ? जसले एक्लै कृष्णबहादुरकाे हत्या गरि,लाशलाइ टुक्रा टुक्रा पारेर फालिन्

spot_img

काठमाडौंं, गोंगबुमा राेल्पा स्थाइ घरभइ दाङमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण अनैतिक यौन सम्वन्ध रहेकाे खुल्न आएकाे प्रहरी स्राेतले जनाएकाे छ । बाेहरा हत्या आराेपमा प्रहरीले चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीलाइ पक्राउ गरेकाे छ ।

आर्थिक लेदेन र अनैतिक सम्वन्धका कारण बाेहराकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे स्राेतकाे दावी छ । बाेहराकाे हत्यामा शाहि महिला मात्रै संलग्न रहेकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । शाहीले बोहरालाई संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन्। हत्यापछि शाहीले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् । सुटकेशमा शव नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको शाहीले बताएको स्रोतले जानकारी दिएको छ । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको स्रोतले जानकारी दियो । विभत्स तरिकाले गरिएको हत्यामा प्रयोग भएका विभिन्न सामानहरु प्रहरीले बरामदसमेत गरेको छ। हम्मर प्रहरीले बरामद गरेको छ भने हत्यामा दुई वटा खुकुरीको प्रयोग भएको पाइएको र ती पनि बरामद भएको प्रहरीले जनाएकाे छ ।

आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्ट्याएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। तर उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन। सोमबार दिँउसो भने उक्त शवको सनाखत भएको थियो । बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले भने अन्यको संलग्नता छ कि भनेर अनुसन्धान जारी राखेको छ।

हाल ति महिलालाइ महानगरिय प्रहरी वृत महाराजगंजमा राखेर थप अनुसन्धान भइरहेकाे जानकारी प्राप्त भएकाे छ । घटनाबारे महानगरिय प्रहरी परिसर काठमाडाैँले १० बजे पत्रकार सम्मेलन गरेर घटनाबारे सम्पुर्ण जानकारी दिने जनाएकाे छ । पक्राउ परेकि महिला कलाकार समेत रहेकाे खुल्न आएकाे प्रहरी स्राेतकाे दावी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img