spot_img

डोल्पा कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व

spot_img

डोल्पा , नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी दुई सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी बुढाले एक सय ५८ मत ल्याएका छन् । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्।

दुई सिट रहेको उपसभापतिमा दुई सय ४४ मतसहित पूर्ण शाही विजयी भएका छन् । लवकुमार शाही पनि दुई सय १० मत ल्याएर विजयी भएका छन् । उपसभापतिका उम्मेदवार श्याम रोकाय दुई सय मत ल्याएर पराजित भएका छन् । त्यसैगरी, सचिवमा दुई सय ४० मत ल्याएर हिक्मतबहादुर शाही र दुई सय ५० मत ल्याएर दशरथ रोकाय विजय भएका छन् ।

प्रतिद्वन्द्वी सुवास कठायत एक सय ३५ र जनकबहादुर रोकाय ८८ मत ल्याएर पराजित भएका छन् । सहसचिवमा लक्ष्मणबहादुर शाही दुई सय ३१ र सुरेन्द्रप्रसाद महत दुई सय ६० मत ल्याएर विजयी भएका छन् । सहसचिवका उम्मेदवार दिलकुमार रोकाय एक सय ५० मत ल्याएर पराजित भएका छन् । जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img