spot_img

मोबाइल बैंकिङका लागि ग्लोबल आइएमईका ग्राहकलाई निःशुल्क इन्टरनेट

spot_img

काठमाडाैँ, ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकले यसका लागि नेपाल टेलिकमसँग समझदारी गरेको छ ।

यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुने जनाइएको छ । बैंकले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यका साथ योजना ल्याएको जनाएको छ ।

यो सुविधा प्रदान गर्नका लागि नेपाल टेलिकमसँग भएको समझदारीमा बैंककी बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई आफ्ना ग्राहकलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img