spot_img

नेपालगन्ज विमानस्थलमा स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज

spot_img

काठमाडौंबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज बुधबार साँझ नेपालगन्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ।नेपालगन्ज एयरपोर्टका प्राविधिकहरूको सूचनाको आधारमा बुद्ध एयरको ‘४०७ ९ एनएजेएक्स’ कल साइन भएको जहाज नेपालगन्ज एयरपोर्टमा बेलुका ७ः०५ मा अवतरणका क्रममा रन–वेमा दौडिरहेको अवस्थामा जहाजको पांग्रामा स्याल ठोक्किएको हो।

जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाजमा पनि कुनै ठूलो क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ।दुई हप्ताअघि मात्र नेपालगन्जबाट मुगु जाँदै गरेको सीता एयरको ट्विनअटर जहाजमा तीनवटा बँदेल ठोक्किएका थिए। जहाजमा ठोक्किएर ती बँदेल क्षतविक्षत हुनुका साथै जहाजमा ठूलो क्षति पुगेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img