spot_img

मानव बेचबिखन र बालविवाह कसुरमा तीनजना पक्राउ

spot_img

काठमाडाैँ, जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बालविवाह कसुरमा तीनजनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभाकुमारी बोहोरालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानपश्चात् सरकारी वकिल कार्यालय दैलेखमार्फत दैलेख जिल्ला अदालतमा मुद्दा पेस गरिएको र सोही आधारमा जिल्ला अदालत दैलेखमा भएको थुनछेक बहसपश्चात् शोभा बोहोरालाई कारागार चलान गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिएका छन्।

त्यसैगरी जिल्ला दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने विक्रम नेपालीले ललाइफकाई बालविवाह गरेको उजुरीका आधारमा उनीहरूको घरबाटै प्रहरीले विवाह गर्ने जोडीलाई पक्राउ गरेको छ।

दैलेखको डुंगेश्वर बजारबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याई जिल्ला अदालत दैलेखबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img