spot_img

डोल्पामा माओवादी प्रवेश गर्नेको लहरः जगदुल्ला गाउँपालिकाको प्रथम गाउँकमिटी सम्मेलनमा एमालेका वडा अध्यक्ष सहित कांग्रेसबाट समेत गरि ८५ जना प्रवेश

spot_img

जगदुल्ल्ला डोल्पा,पछिल्लो समय डोल्पामा अन्य पार्टी परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्नेको लर्कोनै लागेको छ । मंसिर ९ गते विहिवार जगदुल्ला गाउँपालिकामा प्रथम गाउँकमिटी सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा अन्यपार्टी परित्याग गरि ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेबाट गाउँपालिकाको वडा नम्वर ६ का अध्यक्ष भक्तवहादुर बुढाथोकि,वडा नम्वर २ का वडासदस्य हरिमन थापा र पार्टी वडा कमिटीका अध्यक्ष् ा रामवहादुर शाही,वडा सचिव लोकवहादुर बुढा सहित ६३ जना र नेपाली कांग्रेसबाट वडा नम्वर १ का सभापति रविन्द्र रोकाया,वडा नम्वर २ का सभापति विमल बुढाथोकी सहित २२ जना माओवादीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाइ पार्टीमा प्रवेश गराउँदै प्रमुख अतिथि,प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक मालवहादुर रोकाया सितारले अव माओवादी पार्टीले छिट्टैनै डोल्पा लालकिल्ला हुने बताउनु भयो । उपल्लो डोल्पा देखि तल्लो डोल्पामा पार्टी प्रवेशको लहरले माओवादी पार्टी प्रति जिल्लामा जनताको भरोसा बढेको उहाँको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै जगदुल्ला गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिकाका पार्टी इन्चार्ज नारासिँह रोकायाले हिजो मुलुकमा चलेको १० वर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन पश्चात वि.स २०७२ असोज ३ को संविधानमा जनयुद्धका एजेन्डाहरु स्थापीत भएको बताउनु भयो । हाम्रा एजेन्डाहरु कार्यन्वयनको चरणमा रहेको हुनाले देश परिवर्तनको लागि मुल भुमिकाको रुपमा माओमादी पार्टी देखिएको हुँदा सबै राजनीति कर्मी,सुभेक्षुक र देशको परिवर्तन चाहने सचेत नागरिकहरुको पार्टी प्रवेश बढि आर्कषण भएको बुझाइ भएको उहाँको भनाइ थियो । प्रथम माअाेवादीकाे गाउँ सम्मलन जगदुल्लामा भव्यताका साथ सम्पन्न भएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img