रूपक यात्री
काठमाडाैँ,गत जेष्ठ १७ गते कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीसँग भएको भिडियो कन्फ्रेन्स भएकाे थियाे । उक्त भिडियाे कन्फ्रेन्समा प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख र स्थानीय सरकारका प्रमुखहरूकाे सहभागिता थियाे । कन्फ्रेन्समै पूर्वाधार विकास कार्यालय डाेल्पाका विकास याेजनामा प्रगति भननभएकाे भन्दै सबैले असन्तुष्टि जनाएका थिए । सहभागिले बजेट प्रसस्त भएपनि कार्यालयले कामप्रति ध्यान नदिएकाे कर्मचारीहरू कामनै नगरेकाे दावी समेत गरेकाे थिए । सहभागिले कर्मचारीकाे काममा मात्रै असन्तुष्टि जनाएनन् भएका काममा समेत ठेकेदारकाे मनाेमानी भएकाे दावी गरेका थिए ।
कर्मचारीसँगकाे मिलेमताेमा ठेकेदारकाे मनाेमानि
कार्यालयका कर्मचारीकाे मिलेमताे र प्रभावकारी अनुगमन दहुँदा ठेकेदारकाे मनाेमानि बढेकाे पाइएकाे छ । यसकाे एक उदाहरण हाे, जगदुल्ला गाउँपालिकाको काइगाउँ हुँदै सर्मी जोड्ने जनता सडकको काम । उक्त याेजनामा ठेकेदारकाे मनपरि बढेपछि स्थानिय जनप्रतिनिधिले काम नै राेकेका थिए । मुड्केचुला र गजदुल्ला गाउँपालिकाले डिपिआर अनुसार नभई ठेकेदारले मनमानी ढंगले जथाभावी सडक खन्न थालेपछि राेकेका थिए । दुई पालिका जोड्ने महत्वकाे मोटरबाटोको काममा समेत डिपिआर अनुसार नभइ साँघुराे बाटाे बनाएकाे जथाभावि बाटो खनेर पहिराेकाे जोखिम बढाएको दावी समेत गरेका थिए ।
सांसद बजेट हाल्ने,कर्मचारी काम नै नगर्ने
सडक पुर्वाधार विकासका लागि डाेल्पामा संघ र प्रदेश सरकारबाट ४० कडाेड ५९ लाख बजेट आएकाेमा जम्मा ९ कराेड ६८ लाख ६० हजार ३ सय ६४ रकम मात्रै खर्च भएकाे छ । बाँकी सबै बजेट फ्रिज भएकाे पूर्वाधार विकास कार्यालयका डाेल्पाका एक कर्मचारीले जानकारी दिए । सांसदहरू जिल्लाकाे विकासका लागि सरकारसँग हार गुहार गर्छन् तर कर्मचारीले काम नगरेर बजेट फ्रिज जाँदा प्रदेश देखि केन्द्रका सांसद समेत असन्तुष्ट बनेका छन् ।
प्रदेश सांसद वीरबहादुर शाही भन्छन् पूर्वाधार कार्यालयले काम गर्न नसकेकै कारण डाेल्पामा माेटरेवल पुल अलपत्र अवस्थामा छन्,झुलङ्गे पुलकाे अवस्था त्यस्तै छ ,जनता आवासकाे काम समेत अलपत्र अवस्थामा छ । पूर्वाधार कार्यालयका प्रमुख योगेन्द्र धरला नै विकासकाे बाधक बनेकाे बताए । काम गर्ने नसक्ने,विभिन्न वहानामा ठेक्का रद्द गर्ने र ३० कराेड बजेट फ्रिज भएकाे छ । यसरी जिल्लाकाे विकास हुँन सक्दैन,मन्त्रालयले काम गर्न नसक्ने कर्मचारीलाइ तत्काल हटाउँनु पर्ने सांसद शाहिकाे माग छ ।
एउटै याेजनाकाे भ्यालुएसन तिन पटकसम्म परिवर्तनः
डाेल्पाकाे त्रिवेणी देखि नर्कुहुँदै जुल्ला सम्म जाेड्ने ३७ कराेड लागतमा बन्न लागेकाे सडककाे भ्यालुएसन ३ पटक सम्म परिवर्तन भएकाे छ । जसका कारण १ महिनामा हुनुपर्ने काम ३ महिना सम्म पनि भ्यालुएसन हुन सकेकाे छैन । १२ निर्माण कम्पनिले ठेक्काका लागि आवेदन दिएका छन् । भ्यालुएसनमा ढिलाइहुँदा अन्य ठेकेदारले भ्यालुएसनमै आशंका ब्यक्त गरिरहेका छन् । केहि ठेकेदार भ्यालुएसमै चलखेल र अन्य ठेकेदारलाइ किन्न समेत चलखेल गरिरहेकाे एक ठेकेदारले इमान्दार खवरलाइ बताए ।


ठेक्काका लागि आवेदन दिएका १२ निर्माण कम्पनिहरूः
1. Dhukikhel – Bright JV,2. Khadka Krishna – caravan jv,3. Thodung construction,4. Shankarmali- kasthamandap Jv,5. Lama construction,6. Motidan construction,7. Rautaha – PK JV,8. Nagarjun – Pradhan JV,9. PS – Talkharka JV,10. Khani-Masding-Siddishai JV,11. Kirateswar-worldwide- Dawa JV,12. Elite – YSS JV
पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख धरला भन्छन् “काम गर्ने ल्याउँ”
पूर्वाधार विकास कार्यालय डाेल्पाका प्रमुख याेगेन्द्र धरला भने कुनै आराेप स्वीकर गर्न तयार छैनन् । यसै विषयमा युवा पत्रकार रूपक यात्रीले प्रमुख याेगेन्द्र धरलासँग गर्नुभएकाे कुराकानिकाे केहि अंशः
-
जिल्लामा तपाइले काम गर्न सक्नु भएन भन्ने ब्यापक गुनासाे छ,के काम गर्न नसक्नु भएकै हाे त ?
काम गर्न नसकेकाे हाेइन,कार्यालय नै भरखर स्थापना भयाे । त्यसमाथि कर्मचारी अभाव छ,२ जना कर्मचारीले मात्रै काम गरेर कसरी सकिन्छ ? सकेकाे गरेकै छाैँ । तर बजेट अनुसारकाे काम हुन सकेकाे छैन । दरबन्दि अनुसारकाे कर्मचारी नहुँदासम्म कामले साेचे अनुसारकाे गति लिन गाह्राे छ । काम गर्न नसक्ने भन्नेहरूलाइ अर्काे काम गर्ने मान्छे ल्याउन चुनाैति दिन चाहन्छु । मेराे सरूवा गरेर अर्काे इन्जिनियर ल्याएर हुन्छ ।
- एउटै याेजनाकाे भ्यालुएसन तिन पटकसम्म परिवर्तन किन गर्नुभयाे ?
यसविषयमा तपाइले मलाइ भन्दा भाैतिक पूर्वाधार मन्त्रालयमा बुज्दा ठिक हाेला । मेराे विचारमा धेरै कम्पनिहरू बिच प्रतिस्पर्धा गराउँन भ्यालुएसन परिवर्तन भएकाे हाे ।
-
त्रिवेणी देखि नर्कुहुँदै जुल्ला सम्म जाेड्ने ३७ कराेडकाे याेजनाकाे काम कहाँसम्म पुग्याे ?


















