spot_img

सहकारीको ब्याजदर निर्धारण गर्न सकस

spot_img

काठमाडौं, सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्न सकस भएको छ। बैंक तथा वित्तीय संस्थामा ब्याजदरको तरलता चाप बढेसँगै सहकारीको ब्याजदर निर्धारण गर्न सकस भएको हो। सहकारी विभागका उपरजिस्ट्रारको संयोजकत्वमा गठन भएको उपसमितिले ब्याजदर अध्ययन गरेको थियो। बैठकमा उक्त प्रतिवेदन पेस भएको थियो। प्राविधिक समितिले गरेको अध्ययनभन्दा परिस्थिति फरक भएकाले बैठक बिना निष्कर्ष टुंगिएको हो।

ब्याजदर निर्धारण समितिका सदस्यसमेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले उपसमितिले दिएको प्रतिवेदनभन्दा अहिले बजार फरक भएकाले थप अध्ययन गर्ने तय भएको बताए। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिँदै गएको छ। बैंकले निक्षेप संकलन गर्न सकेका छैनन्। कर्जा अस्वाभाविक ढंगले माग भइरहेको छ। निक्षेप र कर्जामा असन्तुलन भइरहेका बेला सहकारीको ब्याजदर निर्धारण गर्न बैठक बसेको थियो। अहिले सहकारीमा १४.७५ प्रतिशत कायम छ।विभागले पहिलोपटक २०७६ साउनदेखि ब्याजदरमा लगाम लगाउँदै १६ प्रतिशत कायम गरेको थियो। पैसा अभाव भएपछि बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका थिए। राष्ट्र बैंकले बैंकलाई हस्तक्षेप गर्दै ब्याजदर नियन्त्रण गरेको थियो।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएसँगै सहकारीमा पनि त्यसको असर देखिएको छ। सहकारीमा पनि निक्षेप बढ्न सकेको छैन। तर कर्जाको माग बढिरहेको छ। तरलता बढेसँगै बैठकले ब्याजदर पुनरावलोकन अघि बजार विश्लेषण गर्ने निष्कर्षमा पुगेको हो। सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सहकारीका सदस्यको भावना प्रतिबिम्बित हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरिने बताए। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर बढाइरहेकाले सहकारीले कर्जाको सीमा बढाउन माग गरिरहेका छन्। केही महिनाअघि सरकार ब्याजदर घटाउने मनस्थितिमा रहे पनि पछिल्लो समयमा तरलता अभाव भएकाले अल्मलमा परेको छ।

चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निरन्तर रेमिट्यान्समा घटिरहेको छ । सरकारले पुँजीगत खर्च गर्न सकिरहेको छैन। देशमा आर्थिक संकट चुलिँदै गएका बेला सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्न चुनौती देखिएको हो। नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले बजार विश्लेषण गरेर सहकारीको ब्याज तय हुने बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img