spot_img

मेरो उम्मेदवारी फिर्ता हुँदैन ः भीम रावल

spot_img

काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्। चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चल्दैगर्दा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्।

’जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा गरिसकेको छु। अध्यक्षको पदबाट उम्मेदवारी फिर्ता लिँदिनँ,’ उनले सञ्चारकर्मीहरुसँग भने। उनले यसअघ नै अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न सुरु गरिसकेको समेत बताए। उनले अत्यधिक मत दिएर आफूलाई जिताउन अपील गरेको सहभागीहरुले बताएका छन्। यसअघ आज विहान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले छुट्टा छुट्टै छलफलमा जुटेका थिए। जसका कारण बन्द सत्र पनि धेरै ढिला सुरु भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img