महिला टी–२० विश्वकप छनोट निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं, आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ । नेटरनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ ।यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ । नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ । हङकङ र कुवेतबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसरसमेत गुमाउनेछ ।समान २ अंक जोडेका मलेसिया, भुटान र अकविहीन रहेको कुवेत भने छनोटबाट बाहिरिसकेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!