spot_img

माओवादीमय बन्याे डोल्पाको मुड्केचुला गाउँपालिकाः”पहिलो गाउँपालिका सम्मेलनमा देखियो सयौँको जनलहर, हालसम्म एमालेका ४ वडासदस्य सहित ३ सय ७१ भन्दा बढिले अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश”

spot_img

मुड्केचुला डोल्पा,पछिल्लो समय डोल्पामा अन्य पार्टी परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्नेको लहर नै चलेको छ । मंसिर ११ गते शनिबार मुड्केचुला गाउँपालिकाकाे प्रथम गाउँपालिका सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा अन्यपार्टी परित्याग गरि ५५ जनाले एमाले र कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेबाट गाउँपालिकामा निर्वाचित वडासदस्यहरु लालजित बुढा,चाउरे बुढा,पुष्प शाही, र ज्ञानुवहादुर शाही लगाएत कांग्रेस पूर्वगाउँपालिका सभापति पूर्ण वहादुर शाही,तरुणदल जिल्ला सदस्य तेजेन्द्र शाही सहित हालसम्म ३ सय ७१ जना माओवादी केन्द्रमा प्रवेश गरेको गाउँपालिकाको प्रथम सम्मेलनबाट निर्विरोध निर्वाचित माओवादीका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

नवप्रवेशीहरुलाइ पार्टीमा प्रवेश गराउँदै प्रमुख अतिथि,प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक मालवहादुर रोकाया सितारले अव माओवादी पार्टीले मुड्केचुलामा मात्र नभएर सिँगो जिल्लामा माओवादीमा पार्टीमा प्रवेश गर्नेको लहरनै चलेको दावी गर्नुभयो । उपल्लो डोल्ला दुइ पालिकामा पनि पार्टी प्रवेशको लहर तल्लो डोल्पामा अझ बढेको उहाँको भनाइ थियो ।

यस्तो कार्यक्रममा बोल्दै मुड्केचुला गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका पार्टीका अध्यक्ष दत्तवहादुर शाहीले आउँदो चुनावमा मुड्केचुलामा माओवादी केन्द्र वहुमत सहित विजय हुर्ने बताउनु भयो । माओवादी केन्द्र अव मुड्केचुलामा नयाँ शिराबाट अगाढि बढ्दै गाउँपालिकाको विकासलाइ मुख्य प्राथमिकता राख्ने पार्टीका पालिका इन्चार्ज बागवहादुर बुढा पवनले बताउनुभयो ।

शनिवार भएको सम्मेलनमा पालिका भरिबाट करिव १ हजार मान्छेको उपस्थिति रहेको थियो । गाउँगाउँबाट जनता बाजागाजा सहित नारा लगाउँदै सम्मेलन स्थलमा पुगेका थिए । सम्मेलनमा कार्यक्रममा जनयुद्धको झल्को दिनेगरि साँस्कुतिक कार्यक्रम समेत भएको थियो । ५५ जनाकाे पालिका कमिटी गठन गरेर प्रथम गाउँपालिका सम्मेलन भव्यरूपमा सम्पन्न भएकाे छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img